११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
“गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको छ”,उनले भने,“गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि आलुमा आत्मनिर्भर बनेको उनले बताए ।
जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ । “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”,उनले भने,“यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।”
जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । यसैगरी नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती,मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलुखेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण