जीवित बन्दीको विवरण दिन हमासले मानेन
गाजा । प्यालेष्टिनी विद्रोही समूह हमास र इजरायलबिच गाजामा युद्धविराम र हमासको कब्जामा रहेका इजरायली बन्दीलाई रिहा गर्ने सम्झौतामाथि छलफल भइरहेको छ । हमासले रिहा गर्न ३४ जना बन्दीको सूचि तयार पारेको भन्दै सञ्चार माध्यमहरूले समाचार छापिरहेका छन् ।
हमासले युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३४ जना बन्दीको सूचिमा सहमति जनाएको भन्दै आइतबार साँझ समाचार आए । अहिले आफ्नो कब्जामा रहेका को–को बन्दी ज्यूदाँ छन् भन्ने विवरण चाँहि हमासले दिन अस्वीकार गरेको छ ।
यसैबिच हसमाले रिहा गरिने बन्दीहरूको सूचि नदिएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् । इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा रिहा गरिने ३४ जना बन्दीको सूचि हमासका अधिकारीहरूले दिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो । यो सूचीमा क–कसको नाम छ भने चाहिँ रोयटर्सले भनेको थिएन् ।
बन्दीको सूचिबारे हमास र इजरायलबाट दुई थरी कुरा आएपछि हमासले कयौं महीना अघि जेरुसेलमले पठाएको ३४ जनाको नामको सूचि स्वीकार्य रहेको भने कुरा फेर्यो । यो सूचनालाई इजरायलले भने अपूरो भन्दै वार्तामा प्रगति नहुने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण