रवि लामिछानेको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो ।
२०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।
२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
_lh6j3EdxwO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण