पूर्वराष्ट्रपति येओललाई समात्न नसकेपछि प्रहरीलाई गुहार्दै कोरियाली अनुसन्धाता
सोल । दक्षिण कोरियामा राजनीतिक संकट झन् झन् गहिरिँदै गएको छ । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्तालाई फलामको च्यूरा चपाउनु सरह भएको छ । येओलका सुरक्षाकर्मी र कार्यकर्ताहरूको विरोधमा प्रदर्शनका कारण उनलाई समात्न नसकेपछि अनुसन्धानकर्ताहरूले प्रहरीको शरणमा पुगेका छन् ।
शुक्रबार येओललाई पक्राउ गर्न पुगेका अन्वेषकहरूसँग येओलका सुरक्षाकर्मीहरू भिड्नु परेको थियो । बिहीबार पनि येओलका समर्थकहरूले अन्वेषकहरूलाई निवासमा छिर्न दिएका थिएनन् । एउटा समाचारका अनुसार दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले येओलविरुद्ध अनुसन्धान गरिरहेको छ । अनुसन्धानकर्ताहरूले प्रहरीलाई पत्र पठाएर वारेन्टको म्याद सकिनुअघि नै सहयोग मागेको समाचारमा भनिएको छ ।
भ्रष्टाचार अनुसन्धान कार्यालयले कुनै पूर्व परामर्श नगरी सहयोग गर्न आग्रह गरेको प्रहरी अधिकारीले बताएका छन् । प्राप्त पत्रको कानूनी समीक्षा गरिने ती अधिकारीले भनेका छन् । येओललाई पक्राउ गर्ने विषयमा भएको विरोधका कारण पूर्जी कार्यान्वयन गर्न नसकिने सीआईओले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण