राजनीति
माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा
सोमबार, २२ पुस २०८१, १७ : ०७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगत दोस्रो दिनको बैठक सम्पन्न भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।
दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका छन् । बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ ।
बैठक भोलि भोलि विहान ११ बजेदेखि फेरि सुरु हुने र नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।
आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण