कार्यविभाजनको सर्कुलरमा पासाङको जिम्मेवारी पनि तोकिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरूको आगामी कार्यविभाजन गर्दा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको भूमिका पनि स्पष्ट गर्ने भएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।
उनले पासाङलाई आफूले पार्टीमा सक्रिय हुन नबोलाएको स्पष्टीकरण दिँदै पासाङकै चाहनाले आमन्त्रितको रूपमा बैठकमा सहभागी गराइएको बताए ।
‘पासाङलाई मैले तानेर पार्टीमा ल्याउन लागेको होइन । उनी उपराष्ट्रपतिबाट रिटायर्ड भएपछि पार्टीमा भूमिका चाहियो भनेर पटक पटक भनेपछि ठिकै छ भनेर उहाँलाई आमन्त्रितको रूपमा कार्यालय र स्थायी समितिमा बोलाइएको थियो । आज पनि सोही हैसियतमा हुनुहुन्छ ’, प्रचण्डले भने ।
प्रचण्डले उनले पार्टीमा सक्रिय हुन चाहेकाले उनको स्प्रिटलाई पार्टीले सम्मान गर्ने भन्दै पदको विषय समग्र कार्यविभाजनको बेला सोचिने बताएको एक नेताले बताए । माओवादीले आन्तरिक छलफल गरेर छिट्टै सर्कुलरमार्फत नेताहरूको कार्यविभाजन पठाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण