सशस्त्रका ४ डीआईजीको पदावधि थप्ने निर्णय
काठमाडौँ । सशस्त्र प्रहरीका चार जना डीआईजीहरुको पदावधि थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको पदावधि थप गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।
डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थप भएको हो । उनीहरू डीआईजीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान लागेका थिए । सशस्त्र प्रहरी बल प्र्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् ।
आज म्याथ थपको निर्णय नभएको अवस्थामा उनीहरू अवकाशमा जाँदै थिए । सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ ।
पदावधि थप भएसँगै उनीहरूमध्ये एकजना संगठनको नेतृत्वमा पुग्ने सशस्त्र प्रहरीका अधिकृतहरू बताउँछन् । म्याद थप गरिएका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप भएसँगै सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू नेतृत्वमा पुग्नबाट रोकिने भएका छन् । मन्त्रिपरिषद्को सो निर्णयसँगै सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्ने जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण