आर्थिक ताकतमा क्यानाडालाई हासिल गर्ने ट्रम्पको धम्कीपछि ट्रुडोले दिए कडा जवाफ
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काउँदै क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘नरकमा स्नोबलको’ मौका नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार ट्रम्पले क्यानेडीयन वस्तुमाथि २५ प्रतिशित ट्यारिफ लिने धम्की दिँदै आर्थिक बलमा क्यानाडालाई हासिल गर्ने अभिव्यक्ति दिएका थिए ।
हालै मात्रै ट्रम्पले क्यानाडालाई अमेरिकाको ५१औं राज्य बन्न भन्दै बारम्बार आग्रह गरेका थिए । ट्रम्पले भनेका थिए, ‘तपाईंहरु कृत्रिम रुपमा खिचिएको रेखाबाट छुटकरा लिनुस् । यो नै राम्रो हुन्छ । र, राष्ट्रिय सुरक्षाका लागि पनि हितकारी हुनेछ ।’
आर्थिक ताकतको बलमा क्यानाडालाई हासिल गर्ने धम्की दिएपछि क्यानेडियन प्रधानमन्त्री ट्रुडो थप तनावमा परेका छन् । आफ्ले राजीनामा घोषणा गरेका बेला ट्रम्पले ट्यारिफ बढाउने धम्की आएपछि उनलाई त्यसबारे जवाफ दिन समेत मुस्किल परेको बताइन्छ ।
अर्थशास्त्रीहरुले समेत ट्रम्पले ट्यारिफ लगाउने निर्णय अघि बढाए क्यानाडाको अर्थव्यवस्थामा कयौँ नोक्सान हुने बताएका छन् । क्यानाडा सरकारको आँकडा अनुसार २०२३ मा मात्रै दैनिक करिब ३.६ अर्ब क्यानेडीयन डलरको वस्तु तथा सेवाले बोर्डर पार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण