आर्थिक ताकतमा क्यानाडालाई हासिल गर्ने ट्रम्पको धम्कीपछि ट्रुडोले दिए कडा जवाफ

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काउँदै क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘नरकमा स्नोबलको’ मौका नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार ट्रम्पले क्यानेडीयन वस्तुमाथि २५ प्रतिशित ट्यारिफ लिने धम्की दिँदै आर्थिक बलमा क्यानाडालाई हासिल गर्ने अभिव्यक्ति दिएका थिए ।
हालै मात्रै ट्रम्पले क्यानाडालाई अमेरिकाको ५१औं राज्य बन्न भन्दै बारम्बार आग्रह गरेका थिए । ट्रम्पले भनेका थिए, ‘तपाईंहरु कृत्रिम रुपमा खिचिएको रेखाबाट छुटकरा लिनुस् । यो नै राम्रो हुन्छ । र, राष्ट्रिय सुरक्षाका लागि पनि हितकारी हुनेछ ।’
आर्थिक ताकतको बलमा क्यानाडालाई हासिल गर्ने धम्की दिएपछि क्यानेडियन प्रधानमन्त्री ट्रुडो थप तनावमा परेका छन् । आफ्ले राजीनामा घोषणा गरेका बेला ट्रम्पले ट्यारिफ बढाउने धम्की आएपछि उनलाई त्यसबारे जवाफ दिन समेत मुस्किल परेको बताइन्छ ।
अर्थशास्त्रीहरुले समेत ट्रम्पले ट्यारिफ लगाउने निर्णय अघि बढाए क्यानाडाको अर्थव्यवस्थामा कयौँ नोक्सान हुने बताएका छन् । क्यानाडा सरकारको आँकडा अनुसार २०२३ मा मात्रै दैनिक करिब ३.६ अर्ब क्यानेडीयन डलरको वस्तु तथा सेवाले बोर्डर पार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?