‘पुष्पा २’को रिलोडेड भर्जन रिलिज हुने, फिल्ममा अरु २० मिनेटको अतिरिक्त दृश्य थपियो
बुधबार, २४ पुस २०८१, ०९ : ५८
मुम्बई । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ हलमा लागेको एक महिना भइसक्यो । तर बक्स अफिसमा फिल्मको ‘जलवा’ कम भएको छैन ।
५ डिसेम्बरमा रिलिज भएको यस फिल्मले भारतमा १ हजार ४४१ करोडभन्दा बढीको कमाई गरिसकेको छ । ‘बाहुबली’ र ‘दंगल जस्ता कयौं फिल्मको रेकर्ड तोडेर पुष्पा २ सबैभन्दा ठूलो भारतीय फिल्म बनेको छ । ग्लोबल बक्स अफिसमा फिल्मको कमाई १ हजार ८०० करोडभन्दा बढी पुगिसकेको छ ।
रिलिज भएको एक महिनापछि, पुष्पा २ को निर्माताहरूले फिल्मको एक्सटेन्डेड कटसहित ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ रिलिज गर्ने घोषणा गरेका छन् ।
जनवरी ११ देखि हलमा फिल्मको रिलोडेड भर्जन चल्नेछ । यसमा दर्शकहरूले २० मिनेटको दृश्य बढी हेर्न पाउनेछन् । यो घोषणाले फ्यानहरु निकै उत्साहित देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण