नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने

काठमाडौँ । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण यही माघ ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि र इ.टी.एस.आइ.पी.एल. ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताहरू ले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी विगत ९ वर्षदेखि आयोजना हुँदै आएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ ।
१० औँ संस्करणमा धेरै नयाँ प्रविधि र सामग्रीका प्रदर्शनी हुनेछ । अवलोकनकर्ताहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरूको पनि आयोजना हुनेछ।
१० औँ संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहनेछ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?
-
पालिका मातहतका सिटी रिक्सा अब प्रदेश मातहत हुने, दर्ता शुल्क १० हजार पुर्याइयो
-
सत्ताधारी नालायक र सडक अराजक बन्दै गए समाजको निराशा अझ भयावह हुनसक्छ : भुसाल
-
भिजिट भिसामा बदमासी : यी हुन् सरुवा भएका भट्टराईसहितका ९ कर्मचारी (सूचीसहित)
-
बजेटमा सपनाको प्रोजेक्ट चाहिएको छैन : रवि सिंह
-
नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी फेरि बाँडफाँट, कसले के पाए ?