सङ्खुवासभामा बालिकाको शव बरामद, शंकास्पद मृत्यु भएको आशङ्का
शुक्रबार, ०९ जेठ २०८२, ११ : ०७
सारांश
- सङ्खुवासभाको खाँदबारीमा ६ वर्षीया बालिकाको शव फेला परेको छ, प्रहरीले अनुसन्धान थालेको छ।
- बालिकालाई जेठाजु र बुहारीबीचको झगडामा डिलबाट धकेलिएको आशंका गरिएको छ, उपचारका क्रममा मृत्यु भयो।
- प्रहरीले बालिकालाई धकेल्ने अनिका गुरुङ तामाङलाई पक्राउ गरेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव बरामद गरेको छ । भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले रातोपाटीलाई बताए । मृतक गोपाल तामाङकी छोरी हुन् ।
जेठाजु र बुहारीको बिचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।
बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण