न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई दियो २५६ रनको लक्ष्य
काठमाडौँ । न्युजिल्यान्डले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली श्रीलंकालाई जितका लागि दुई सय ५६ रनको लक्ष्य दिएको छ । ह्यामिल्टनमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनाएको हो ।
वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएपछि खेल ३७–३७ ओभरमा झारिएको थियो । घरेलु टोली न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान रचिन रविन्द्रले ७९ रनको योगदान गरे । उनले ६३ बलको सामना गरी एक छक्का र नौवटा चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क चापम्यानले पनि ६२ रन बनाए । उनले केवल ५२ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । न्युजिल्यान्डले ३१ रनको कुल स्कोरमै ओपनर विल योङ (१६ रन) लाई गुमाएको थियो ।
त्यसपछि रचिन र मार्कले टोलीको स्कोरलाई एक सय ४३ रनको स्थितिसम्म डो¥याएका थिए । चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले पनि ३८ रन बनाए । उनले ३८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । ग्लेन फिलिप्सले २२ र कप्तान मिचेल सान्टनरले २० रन बटुले । श्रीलंकाका बलर महिस थिक्सनाले चार र वानिन्दु हसरंगाले दुई विकेट लिए । तीन एकदिवसीय खेलको शृंखलामा न्युजिल्यान्ड १–० ले अगाडि छ । पहिलो खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण