पशुपति क्षेत्र विकास कोषको मुल गेटमा तालाबन्दी
बुधबार, २४ पुस २०८१, १४ : २०
काठमाडौं । श्रम अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी गरिएको छ । कोषमा कार्यरत करार श्रमिकहरुले बुधबार मूल गेटका ताला लगाएर धर्ना सुरु गरेका हुन् ।
कोष यसअघि आफूमार्फत् नै काम लगाउँदै आएका श्रमिकलाई आउटसोर्समार्फत् काम लगाउन थालेपछि श्रमिकहरु श्रम अदालत गएका थिए ।
गत पुस ५ गते श्रमिकले श्रम अदालत भक्तपुरले आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । पुस १८ गते उक्त आदेशलाई निरन्तरता दिए पनि काम गर्न नदिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
यसअघि उनीहरुले श्रम अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर गराउन कोषलाई पत्र दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण