नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्व कानुनमन्त्री शर्मा
काठमाडौँ । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताएका छन् । बुधवार काठमाडौँमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन नसक्दा शान्ति आएपनि पीडाको सम्बोधन हुन नसकेको बताए । उनले राज्यको दायित्व सशस्त्र जनयुद्ध ताका मानिसहरु बेपत्ता कसरी बनाइए ? भन्ने कुराको जानकारी आम मानिसले पाउनुपर्ने भएपनि अहिलेसम्म पाउन नसकेको गुनासो गरे । उनले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गरे ।
उनले भने, ‘राज्यको दायित्व भनेको उनीहरु कसरी र किन बेपत्ता पारिए त्यसको कारण परिवारले र आम मानसिले जान्न पाउनुपर्छ । समाजले जान्न पाउनुपर्छ । सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत जान्न पाउनुपर्छ । यो जान्न पाउने हक नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धी मात्र होइन । हाम्रो आफ्नै संविधानद्वारा दिइएको हक हो । त्यो हक आज इन्कार गरिएको अवस्था छ । मान्छे द्वन्द्वबाट पीडित भएको त छँदै थिए, मान्छे शान्तिबाट पीडित हुन पुगे अहिले । द्वन्द्वबाट मात्र होइन, शान्तिबाट पीडित । शान्ति आयो तर त्यो शान्तिले पीडाको सम्बोधन गर्न सकेन । त्यसैले अहिले द्वन्द्व पीडित होइन साथीहरु शान्ति पीडित हुन पुगेको छ । यो अवस्थाबाट पार पाउन जरुरी छ ।’
कार्यक्रममा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुंगो लाग्न नसक्नु गम्भीर विषय भएको बताए । उनले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताए । उनले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टा छुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुंगो लगाउन नसकिने बताए ।
उनले भने, ‘आजका दिनमा पनि यो विषय गम्भीर विषय हो भन्न कोही नछोड्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रह्यो । यो सच्चाई हो, पीडितहरुको आवाजबाट आएको कुराहरु गलत भइरहेका छैनन् । के हामीले चरण चरणमा रहेका वार्ता संवादहरुबाट त्यो कुराहरु अघि बढाउने कुरामा मिसिङ गरिरहेका छैनौँ रु गल्ती गरिरहेका छैनौँ रु हामीले अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि एउटा, भिक्टिमको अगाडि एउटा कुरा गर्ने, अर्काथरीसँग अर्को कुरा गर्ने तर काम केही पनि नगर्ने गर्यौँ भने हामी कहीँ पनि पार लाग्दैनौँ । यसरी यो चिज पार पनि लाग्दैन ।’
पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताए । आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण