न्युजिल्यान्डसामु निरीह बन्यो श्रीलंका, एक खेलअगावै शृंखला गुमायो
काठमाडौँ । न्युजिल्यान्डले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली श्रीलंकालाई एक सय १३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्यान्डले अन्तिम खेलअगावै तीन खेलको शृंखला पनि २–० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो ।
ह्यामिल्टनमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनाएको थियो । श्रीलंकाले भने ३०.२ ओभरमै अलआउट हुनुअघि एक सय ४२ रनमात्र बनाउन सक्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएपछि खेल ३७–३७ ओभरमा झारिएको थियो ।
श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ६४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । कामिन्दु मेन्डिसले केवल ६६ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका बलर विल ओ’रुर्कले तीन र ज्याकब डफीले दुई विकेट लिए । म्याट हेनरी, नाथन स्मिथ र मिचेल सान्टनरले पनि एक–एक विकेट लिए ।
त्यसअघि, घरेलु टोली न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान रचिन रविन्द्रले ७९ रनको योगदान गरेका थिए । उनले ६३ बलको सामना गरी एक छक्का र नौवटा चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क चापम्यानले पनि ६२ रन बनाए । उनले केवल ५२ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । न्युजिल्यान्डले ३१ रनको कुल स्कोरमै ओपनर विल योङ (१६ रन) लाई गुमाएको थियो ।
त्यसपछि रचिन र मार्कले टोलीको स्कोरलाई एक सय ४३ रनको स्थितिसम्म डोर्याएका थिए । चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले पनि ३८ रन बनाए । उनले ३८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । ग्लेन फिलिप्सले २२ र कप्तान मिचेल सान्टनरले २० रन बटुले । श्रीलंकाका बलर महिस थिक्सनाले चार र वानिन्दु हसरंगाले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण