जय ट्रफी क्रिकेट प्रतियोगिता
अर्धशतक बनाउँदै आउट भए कुशल भुर्तेल
बुधबार, २४ पुस २०८१, १५ : १४
काठमाडौँ । दुई दिवसीय जय ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले वीरगञ्जमा जारी मधेश प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
कुशल भुर्तेलले टोलीका लागि ६३ रनको योगदान गरे । यस क्रममा उनले केवल ६८ बलको सामना गरी १० चौका पनि हिर्काए । पुलिस क्लबलाई गतिलो सुरुवात दिने क्रममा कुशल भुर्तेल र दिलिप नाथले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरे ।
पुलिस क्लबको पहिलो विकेट २०औँ ओभरको चौथो बलमा खसेको हो । दिपिल नाथ भने अविजित २९ रन बनाउँदै क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण