फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
बुधबार, २४ पुस २०८१, १६ : १४
वासिङटन डीसी । दक्षिण फ्लोरिडा विमानस्थलमा जेटब्लुको एउटा विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा दुई वटा शव फेला परेका छन् । सञ्चार माध्यममा छापिएका खबरका अनुसार सोमबार राति फोर्ट लाउडरडेल–हलिउड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भएको विमानको ह्विलवेल क्षेत्रमा दुई जना मृत अवस्थामा फेला परेका हुन् ।
उडानपछि नियमित मर्मतसम्भार निरीक्षणको क्रममा शवहरू फेला परेको जेटब्लुका प्रवक्ताले बताएका छन् । यो विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट राति ११ बजे फोर्ट लाउडरडेल आइपुगेको थियो ।
उडानको क्रममा २ घन्टा ४३ मिनेटसम्म विमान ३८ हजार फिटको उचाईमा थियो । विमान मृतकको नाम वा अन्य जानकारी सार्वजनिक गरिएको छैन । विमानको उक्त हिस्सासम्म उनीहरू कसरी पुगे भन्ने पनि छानबिन भइरहेको जेटब्लुले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण