सूर्यदर्शन सहकारीको भोलि आदेश आउने सम्भावना
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा बिहीबार आदेश आउने सम्भावना भएको छ । बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकेका छन् । बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
‘सरकारी वकिलको जवाफी बहस सकिएपछि सम्भवतः भोलि नै आदेश आउन सक्छ । तर बहस कति लामो समय जान्छ यसै भन्न सकिएन,’ उनले भने, ‘बहसमा भर पर्ने कुरा भयो ।’ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सहित उच्च सरकारी वकिल कार्यालयबाट पनि बहस हुने बताइएको छ ।
बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । उनीहरुले लामिछानेसहित ४ जना प्रतिवादीहरूको गोर्खा मिडियामा जिम्मेवार संलग्नता रहेकोले सहकारीको रकम ल्याउन पनि भूमिका खेलेको बताएका छन् । ‘चेक साइन गर्नेलाई खातामा पैसा आएको थाहा हुँदैन,’ उनीहरुले भने, ‘त्यत्रो कारोबार हुँदा एक पटक पनि बैंक स्टेटमेण्ट हेरिएन ?’
पीडितहरूले न्याय पाउनका लागि सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ । त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका छन् । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण