‘बा’मालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद : भीम रावल
काठमाडौँ । एमालेले निष्कासन गरेका डा.भीम रावलले नेकपा (एमाले)का केही नेता तथा कार्यकर्ताहरूले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । डा.रावलले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरूले आफूलाई राजावादीको संज्ञा दिएकोमा हास्यास्पद भनेका छन् ।
नेता रावलले एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै भनेका छन्, ‘विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले भीम रावल राजावादी भयो भनी प्रचार गरेछन् ।’
रावलले थप भनेका छन्,‘हामी आन्दोलनमा रहेको बेला पञ्चायतको आमा भनी चिनिने डा.तुलसि गिरीसँग गोप्य साँठगाँठ गर्ने, चुनाव जित्न झापामा राजेन्द्र लिंगदेनसँग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, राप्रपा नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली बाइन टाउकोमा राख्ने, भ्रष्ट, बिचौलिया, कम्युनिस्ट पार्टीले प्रतिक्रियावादी भनेकाहरूसँग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवा युवतिहरूको म प्रतिको समर्थनलाई राजावादी भन्नु हास्यास्पद छ ।’
देश र जनताको सर्वोपरी हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन रावलको आह्वान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण