दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता
काठमाडौँ । मेडिलक व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । बुधवार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको छ । रामचन्द्र मौनली फरार छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
प्रसाईंसहितका आरोपीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण