स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा
बुधबार, २४ पुस २०८१, २० : ५५
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना प्रतिवादीलाई धरौटीमा रिहा गरेको छ ।
सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो ।
जिल्ला अदालतले सुनितासँग ४ लाख र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी बुझाएर उनीहरू रिहा भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण