स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा
बुधबार, २४ पुस २०८१, २० : ५५

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुवै जना प्रतिवादीलाई धरौटीमा रिहा गरेको छ ।
सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो ।
जिल्ला अदालतले सुनितासँग ४ लाख र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी बुझाएर उनीहरू रिहा भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न