बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम
काठमाडौँ । संसारभरका लाखौँ मानिसहरू आफ्नो दिनको सुरुवात कफीबाट गर्छन् । बिहान बिहान धेरैलाई मन पर्ने पेय हो कफी । केही मानिसहरू बिहानको सट्टा दिउँसो वा साँझ कफी पिउन रुचाउँछन् । तर, एउटा नयाँ अध्ययनले भने बिहान कफी पिउनाले मुटुको स्वास्थ्यमा सुधार आउने देखाएको छ । कफी मुटुको स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ र यो पिउने सबैभन्दा राम्रो समय बिहान हो ।
यो अनुसन्धानको प्रतिवेदन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ । बिहान कफी पिउने मानिसहरूमा मुटु रोगबाट मृत्यु हुने जोखिम कम हुने कुरा पनि यसले देखाएको छ ।
अमेरिकाको टुलेन विश्वविद्यालयका वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले बिहान कफी पिउनेहरूमा कुनै पनि कारणले मृत्युको जोखिम १६ प्रतिशत र मुटु रोगबाट मृत्युको जोखिम ३१ प्रतिशत कम हुने दाबी गरेको छ । तर, कफी नपिउनेहरूको तुलनामा पुरै दिन कफी पिउनेहरूको मृत्युको जोखिममा कुनै कमी पाइएन । यस अध्ययनमा अनुसन्धानकर्ताहरूले ४० हजार ७२५ जना वयस्कहरूको १९९९ देखि २०१८ बिचको डेटा विश्लेषण गरेका थिए । यस अध्ययनमा कफीबारे कयौँ अचम्मलाग्दा कुराहरू पनि प्रकाशमा आएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार तपाईं कफी पिउनुहुन्छ कि पिउनुहुन्न ? वा कति कफी पिउनुहुन्छ ? भन्ने कुरा मात्र महत्त्वपूर्ण हुन्न । दिनको कुन समयमा कफी पिइन्छ भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ । तर अध्ययनले बिहान कफी पिउँदा मुटु रोगबाट मृत्युको जोखिम कसरी कम हुन्छ भनेर चाहिँ व्याख्या गरेको छैन ।
अनुसन्धानकर्ता वैज्ञानिकहरूका अनुसार दिउँसो वा साँझ कफी पिउँदा सर्काडियन लय र मेलाटोनिन जस्ता हर्माेनको स्तरमा बाधा पुग्ने सम्भावना छ । यसले शरीर सुन्निने र रक्तचाप जस्ता मुटुसँग सम्बन्धित कारकहरूमा परिवर्तन ल्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण