व्यवसायीलाई धम्की प्रकरण
दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश
बिहीबार, २५ पुस २०८१, १९ : ०३

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो । रामचन्द्र मौनली फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा प्रभातफेरी
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु