काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा सञ्चारगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेकोे रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।
“मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई मिसिल सामेल राख्नू” आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा प्रत्यर्थीका तर्फबाट लिखित जवाफसमेत प्राप्त भइसकेको देखिँदा पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू ।”
अदालतले यही पुस १९ गते सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवं सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश गरेको थियो ।
काउन्सिलले उक्त सञ्चारगृहलाई गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेको उल्लेख गर्दै सो सञ्चारगृहलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उक्त सञ्चारगृहले उच्च अदालतमा रिट दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि बबी सिंहले के भनिन् ?
-
‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो
-
मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था