काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
काठमाडौँ । उच्च अदालत पाटनमा सञ्चारगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेकोे रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।
“मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई मिसिल सामेल राख्नू” आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा प्रत्यर्थीका तर्फबाट लिखित जवाफसमेत प्राप्त भइसकेको देखिँदा पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू ।”
अदालतले यही पुस १९ गते सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवं सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश गरेको थियो ।
काउन्सिलले उक्त सञ्चारगृहलाई गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेको उल्लेख गर्दै सो सञ्चारगृहलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध उक्त सञ्चारगृहले उच्च अदालतमा रिट दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण