वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिनुपर्ने
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिम देशगत रूपमा दिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई देशगत समूहमा तालिम दिन निर्देशन दिएको हो ।
आगामी माघ १ गतेदेखि त्यस्ता संस्थाहरूले देशगत रूपमा पूर्व प्रस्थान तालिम प्रदान गर्नुपर्ने भएको हो । विभागले गत पुस ३ गतेदेखि फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रिकग्निसन सिस्टम लागू गरेको थियो ।
आइरिस सिस्टम लागू भएसँगै विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई देशगत रूपमा तालिम प्रदान गर्न निर्देशन दिएको हो ।
उक्त सिस्टम लागू भएसँगै अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि भौतिक रूपमा नै कक्षामा उपस्थित हुने गरेका छन् । विभागले देशगत क्लस्टर लागू गर्न निर्देशन दिँदै सोही आधारमा पूर्वतयारी गर्न भनेको हो ।
यसअघि क्लस्टर तालिम सञ्चालन अनुमतिप्राप्त संस्थाले १ माघदेखि तोकिएको क्लस्टर अनुसारको तालिम सञ्चालन गर्नुपर्ने भनेको छ । देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिएपनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले सञ्चालन गर्ने देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि १ माघदेखि नै देशगत तालिम सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ ।
देशगत क्लस्टर तालिम संचालनअनुमति पाएका संस्थाले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्न चाहेको पूर्वाधार र प्रशिक्षकको योग्यता खुलाई कम्तीमा ७ दिन अगाडि नै निवेदन दिनुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण