अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन मन्त्री र मुख्यसचिवसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रवार कानुनमन्त्री कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटासहित प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि कस्तो समसामयिक विषय भने हो भन्ने खुलाएको छैन ।
संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत गरेको छैन । अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नै सरकारले अध्यादेश ल्याउने व्यापक चर्चा भएको थियो । तर त्यसवेला अध्यादेशको विरोध भएपछि सरकार पछि हटेको विपक्षी दलहरूले बताउँदै आएका छन् । यद्यपि प्रधानमन्त्री निकटस्थहरू अध्यादेश ल्याउने सरकारको तयारी नभएको दाबी गर्दै आएका छन् ।
आजै शुक्रवार साँझ सात बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण