नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
काठमाडौँ । विदेशी मुद्रा सञ्चिति पौने २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा यस्तो सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो भने कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो महिना सञ्चिति जम्मा १८ अर्ब रुपैयाँ मात्रैले बढेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको २० खर्ब ३३ अर्ब २७ करोड रहेको छ । असार मसान्तमा यो १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४० अर्ब रुपैयाँ सञ्चिति छ । असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
अहिले कायम रहेको सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । अघिल्लो महिना रहेको सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको थियो ।
पछिल्लो समय बढेको आयातका कारण सञ्चिति पर्याप्तता सूचक घट्न थालेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण