चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
काठमाडौँ । सरकारको चालु खाताको बचत घट्न थालेको छ । आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म रहेको चालु खाता बचत अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको बचतको तुलनामा ३२ करोड रुपैयाँले घटेको हो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रहेको थियो ।
मंसिर महिनासम्म ६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी) लगानी आप्रवाह रु.३ अर्ब ९३ करोड रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै, शोधनान्तर स्थिति यो अवधिमा २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण