तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा
काठमाडौँ । पुस २७ गते ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखा–काठमाडौँ एकीकरण पदयात्रा हनुमानढोका दरबारमा समापन गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै पुस २१ गतेदेखि पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणले धादिङ, नुवाकोट हुँदै शुक्रबार हनुमानढोका पुर्याएको हो ।
सो पद यात्रामा नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजासहित पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित यात्रा समापन गरेको हो ।
राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा धादिङ नुवाकोट हुँदै काठमाडौँमा आक्रमण गरेको इतिहास छ । पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जगेर्ना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवर्धन गर्ने सरकारको तयारी छ ।
भोलि २७ गते हनुमान ढोका परिसरबाट सो टर्च र सेनाको झण्डासहित जंगी अड्डा लगिने छ ।

































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण