२५ मिटर सडक विस्तारको समस्या छिट्टै हल हुन्छ: मेयर लामा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको समस्या छिट्टै हल हुने बताएकी छिन् । विगत लामो समयदेखि अवरुद्ध भएको हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विवाद समाधान हुने चरणमा रहेको उनले बताएकी हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मेयर लामाले एसियन हाइवे अन्तर्गत रहेको हेटौँडा बजार क्षेत्रको राष्ट्रिय राजमार्गको समस्या हल हुने चरणमा रहेको बताइन् । एसियाली विकास बैंकले हेटौँडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरी रहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको उनले बताइन् ।
आगामी चैतसम्ममा एडीबीले उक्त प्रतिवेदन सरकारलाई बुझाएर राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने उनको भनाई छ । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विवादका कारण विकास निर्माणसँगै नागरिकहरूमा पनि समस्या भइरहेको उनले बताइन् । हेटौँडा बजार क्षेत्रको सडक किनारमा रहेका जग्गाको मुआब्जा नदिए पनि क्षति भएको भौतिक संरचनाको क्षतिपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लबिङ गरिरहेको उनले बताइन् ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ । उपमहानगरपालिकाले नागरिकहरूको स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्य अनुसार २ वटा नगर अस्पताल सञ्चालनमा ल्याएको मेयर लामाले बताइन् । हेटौँडामा नै स्नातक तहमा कानुन विषय अध्यापनको व्यवस्था गरिएको र कृषि प्राविधिक तथा इन्जिनियरिङ विषयको अध्यापनको पहल भइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण