आलमको घातक बलिङले फलोअनमा मधेस, आर्मीलाई १ सय २१ रनको अग्रता

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा मधेस प्रदेश त्रिभुवन आर्मी क्लबविरुद्ध फलोअनमा परेको छ । फलोअनमा परेको मधेसले पहिलो दिनको खेल समाप्त हुँदा बिना कुनै विकेटको क्षतिमा २ रन जोडेको छ ।
त्रिभुवन आर्मीले पहिलो इनिङ्समा २ सय २५ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । अहमदले ९८ बलमा सर्वाधिक ६७ रन जोडे । उनले ७ चौका हिर्काए ।
भीम सार्कीले ५३ रनको योगदान दिए । उनले ९३ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाए । उनले ८ चौका प्रहार गरे ।
मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । १६.३ ओभर बलिङ गर्दै उनले ४४ रन खर्चिए । त्यस्तै, प्रदीप पासवानले २ विकेट तथा अभिषेक तिवारी र हरिशंकर साहले १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रेको मधेस ३५.५ ओभरमा १ सय २ रनमा सीमित बन्दै फलोअनमा पर्यो । टोलीका लागि कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रनको योगदान दिए । मयन यादवले ११, अभिषेक तिवारीले १३ तथा प्रदीप पासवानले १० रन जोडे ।
आर्मीका लागि सहाब आलमले १२ ओभर बलिङ गर्दै ६ विकेट लिए । सोमपाल कामी, आकाश चन्द, बसिल अहमद र पवन कार्कीले १–१ विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधन केपीजीले चाहनुभएको छैन’
-
विश्व पौडेललाई गभर्नर नबनाउन दायर रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा
-
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र ढकालको इजलासमा
-
उपाधि होडबाट बाहिरिइसकेका चेन्नई र राजस्थान आत्मसम्मानका लागि आपसमा भिड्दै
-
प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तरमा सहभागी नहुने