आलमको घातक बलिङले फलोअनमा मधेस, आर्मीलाई १ सय २१ रनको अग्रता
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा मधेस प्रदेश त्रिभुवन आर्मी क्लबविरुद्ध फलोअनमा परेको छ । फलोअनमा परेको मधेसले पहिलो दिनको खेल समाप्त हुँदा बिना कुनै विकेटको क्षतिमा २ रन जोडेको छ ।
त्रिभुवन आर्मीले पहिलो इनिङ्समा २ सय २५ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । अहमदले ९८ बलमा सर्वाधिक ६७ रन जोडे । उनले ७ चौका हिर्काए ।
भीम सार्कीले ५३ रनको योगदान दिए । उनले ९३ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाए । उनले ८ चौका प्रहार गरे ।
मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । १६.३ ओभर बलिङ गर्दै उनले ४४ रन खर्चिए । त्यस्तै, प्रदीप पासवानले २ विकेट तथा अभिषेक तिवारी र हरिशंकर साहले १–१ विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रेको मधेस ३५.५ ओभरमा १ सय २ रनमा सीमित बन्दै फलोअनमा पर्यो । टोलीका लागि कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रनको योगदान दिए । मयन यादवले ११, अभिषेक तिवारीले १३ तथा प्रदीप पासवानले १० रन जोडे ।
आर्मीका लागि सहाब आलमले १२ ओभर बलिङ गर्दै ६ विकेट लिए । सोमपाल कामी, आकाश चन्द, बसिल अहमद र पवन कार्कीले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण