रवि लामिछाने आज अदालतमा हाजिर हुने
आइतबार, २८ पुस २०८१, ०८ : १४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर हुन लगेका हुन् ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त
-
इटालियन सिरी’ए मा एटलान्टा विजयी
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी