सुनसरीमा भरूवा बन्दुकसहित ५ जना पक्राउ
आइतबार, २८ पुस २०८१, १२ : ३९
सुनसरी । सुनसरीमा भरूवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण