फ्रान्समा दुईवटा ट्राम एकापसमा ठोक्किँदा कम्तीमा ३० जना घाइते
पेरिस । फ्रान्सको स्ट्रासबर्गस्थित केन्द्रीय स्टेसनमा शनिबार दुईवटा ट्राम एकापसमा ठोक्किँदा कम्तीमा ३० जना घाइते भएका छन् । यस घटनाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा सेयर भइरहेका छन्, जसमा दुवै ट्राममा दर्जनौँ मानिस सवार देखिन्छन्।
भिडियोमा धुवाँ र अलार्मको आवाजसँगै अस्तव्यस्त वातावरण देखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा ट्रामले ट्र्याक परिवर्तन गरेको कारण ट्र्याकमा उभिएको अर्को ट्रामसँग ठोक्किन पुगेको थियो । केही अन्य रिपोर्टहरूले भने कि दुर्घटनाको समयमा एउटा ट्राम पछाडि जाँदै गरेको दाबी गरेको छ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालिएको छ। अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । स्ट्रासबर्गका मेयर जीन बर्सेगियनले घटनास्थलमा सञ्चारमाध्यमलाई ट्राम कसरी ठोक्किए भन्ने कारण पत्ता नलागेको बताएका थिए । उनले सत्यतथ्यका लागि अनुसन्धान रिपोर्ट पर्खन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण