पुलमा अत्यधिक भारका ट्रक नियन्त्रण गर्न व्यवसायीको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतीय मालवाहक सवारीसाधनको तौल लिने व्यवस्था गर्न माग गरेको छ । नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल क्षतिग्रस्त अवस्थामा रहेकोले उच्च भारयुक्त ट्रक आउँदा पुलमा थप क्षति हुँदै गएको भन्दै अत्यधिक भार नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग माग गरेको हो ।
‘भारतीय सवारीसाधनलाई तौलपुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौलपुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन माग गर्दछौँ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
हाल देशभर करिब तीन लाख ४० हजार यात्रुवाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेको महासंघले जनाएको छ । भारतीय ढुवानीका सवारीसाधनलाई नेपालभित्र स्वतन्त्र रूपमा ७२ घण्टे सुविधा दिइँदा नेपाली मालबाहक ढुवानीका सवारीसाधन सञ्चालन हुन नसकी श्रमिकहरू विदेश पलायन हुने स्थिति सिर्जना रहेको महासंघले जनाएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपाली यातायात श्रमिकको रोजगारीको ग्यारेन्टीका लागि भन्सार विन्दुमै सामान लोडअनलोड हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल, अझै बनेन खाका
-
नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
-
डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण