अनुसन्धान अधिकृतलाई बयान दिँदा बसेको ठाउँ रविको ‘न्यायिक हिरासत’
_6QYgZgqzI1.jpg)
काठमाडौँ । थुनछेक बहस सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । अदालतको आदेश अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा लगिएको छ । काठमाडौँका एसएसपी वसन्त रजौरे भन्छन्, ‘उहाँलाई अहिले काठमाडौँ परिसरमा ल्याएका छौँ ।’
लामिछानेलाई मंसिर १४ पछि सोही कार्यालयको हिरासतमा थुनामा राखेर अख्तियार प्राप्त अधिकारीहरूले बयान लिएका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे आइतबार उनले अदालतमा बयान दिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीले थुनछेक सुरु नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् । थुनछेक पुरा नहुँदासम्म लामिछाने काठमाडौँ प्रहरीको हिरासतमै बस्नेछन् । करिब डेढ महिनाअघि प्रहरीले पक्राउ गरेर थुनामा राखेको ठाउँमा पुनः अदालतको आदेशले उनी थुनामा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह