अनुसन्धान अधिकृतलाई बयान दिँदा बसेको ठाउँ रविको ‘न्यायिक हिरासत’
काठमाडौँ । थुनछेक बहस सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । अदालतको आदेश अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा लगिएको छ । काठमाडौँका एसएसपी वसन्त रजौरे भन्छन्, ‘उहाँलाई अहिले काठमाडौँ परिसरमा ल्याएका छौँ ।’
लामिछानेलाई मंसिर १४ पछि सोही कार्यालयको हिरासतमा थुनामा राखेर अख्तियार प्राप्त अधिकारीहरूले बयान लिएका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे आइतबार उनले अदालतमा बयान दिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीले थुनछेक सुरु नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई न्यायिक हिरासतमा पठाउने आदेश गरेका हुन् । थुनछेक पुरा नहुँदासम्म लामिछाने काठमाडौँ प्रहरीको हिरासतमै बस्नेछन् । करिब डेढ महिनाअघि प्रहरीले पक्राउ गरेर थुनामा राखेको ठाउँमा पुनः अदालतको आदेशले उनी थुनामा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण