साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
काठमाडौँ । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको हो ।
आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा रीतपूर्वक दरखास्त आह्वान गरिएको छ । निर्धारित मितिभित्र प्राप्त हुन नआएको तथा रीत नपुगेको दरखास्त स्वीकृत नहुने सूचनामा उल्लेख छ ।
प्रमुख कार्यकारी अधिकृत पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ ।
कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरी कार्य अनुभव हासिल गरेको तथा दरखास्त दिने अन्तिम मितिसम्म पैँतिस वर्ष उमेर पूरा गरेको हुनुपर्ने बताइएको छ । दरखास्त दिने अन्तिम मितिसम्म त्रिसट्ठी वर्ष उमेर ननाघेको पनि हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण