सहुलियत पसल फागुनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसल फागुनसम्म निरन्तर हुने भएको छ ।
सुरुवाती चरणमा माघ मसान्तसम्म सञ्चालन गरिने भनिएता पनि एक महिना लम्बिने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् ।
साथै कम्पनीले असार मसान्तसम्म चिनी सहुलियत मूल्यमा बिक्री गर्ने उनको भनाइ छ ।
सहुलियत पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन, जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा विशेष छुटमा बिक्री गरिरहेको छ ।
उक्त खाद्यान्नहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ।
कम्पनीले स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, लङ्ग्रेन यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।
यस्तै कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।
चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा ५ रुपैयाँ छुट छ ।
त्यसैगरी भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण