‘संस्थागत सुशासन राष्ट्रिय वाणिज्य बैंकको पहिलो प्राथमिकता’
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सुशासन पहिलो प्राथमिकता भएको बताएको छ । सोमबार आयोजित१९औं वार्षिक साधारणसभामा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले यस्तो बताएका हुन् ।
ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरूको माध्यमबाट ग्राहकहरू समक्ष आफ्ना गुणस्तरीय सेवाहरू प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको समेत बताए । बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समय सापेक्ष परिमार्जन गर्दै आएको उनको भनाइ थियो ।
साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेको प्रतिवेदन माथि शेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाले जवाफ दिएका थिए ।
उक्त साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, सुशील घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डङ्गोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापाको उपस्थिति रहेको थियो । साधारण सभामा बाह्य लेखापरीक्षक, बैंकका कानूनी सल्लाहकारहरू लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण