बैंकिङ्ग कसुर
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
सोमबार, २९ पुस २०८१, २२ : ०९
काठमाडौँ । अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैंकिङ्ग कसुरको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । मल्ललाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । उनि नेकपा (एमाले)का केन्द्रिय सदस्य समेत हुन् ।
मल्लले दिएको २० लाख ५० हजारको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध बैंकिङ्ग कसुरको जाहेरी दिएका हुन् । मेडिकल काउन्सिलको पूर्व सदस्य समेत रहेका मल्लले अनुसन्धान अधिकृतहरुसँग रकम फिर्ता गरिसकेको दावी गरेका छन् । तर, रकम फिर्ता गरेको बैंक स्टेटमेन्ट हेरेर मात्रै मिलापत्र गराउने वा मुद्धा अघि बढाउनेबारे निर्णय लिइने प्रहरी अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण