माघे सक्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् । उनले यस दिनकाे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।
उनले भने–'यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ।'
माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने प्रचण्डले उल्लेख गरेका छन् ।
'हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु' उनले शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण