‘महाभोज’को मुहूर्त, बुधबारदेखि फ्लोरमा
काठमाडौँ । फिल्म ‘महाभोज’को मुहूर्त गरिएको छ । मङ्गलवार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा निर्माण युनिटका सदस्यहरूको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो ।
पूजामा कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने फिल्म बुधबारबाट फ्लोरमा निस्कनेछ ।
फिल्म दिनेश राउतले निर्देशन गर्न लागेको हुन् । राउतको यो निर्देशकमा आठौँ फिल्म हो । फिल्म सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको निर्देशक राउतले बताए ।
‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस फिल्ममार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,’ राउतले भने ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने फिल्म हिमाल कडरियाले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्मातामा किरण नेपाली र सुदिप ढकाल रहेका छन् ।
विकास सुवेदीको लेखन, राजेश श्रेष्ठ छायांकन र निमेश श्रेष्ठको सम्पादन रहने फिल्म काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण