ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा
काठमाडौं । डोनाल्ड ट्रम्पले चुनेका रक्षा प्रमुखले मदिरा सेवन गरेको र सेनामा महिलालाई लिएर गरेको टिप्पणीबारे प्रश्न उठेको छ । पूर्व फक्स न्यूज होस्ट तथा सैन्य जानकार पीट हेगसेथलाई ट्रम्पले रक्षा सचिव अर्थात् प्रमुखका लागि मनोयनको प्रस्ताव गरेका थिए ।
हेगसेथले सिनेट सशस्त्र सेवा समितिको चार घण्टे केरकारको सामना गर्नु परेको छ । सेनामा सामेल महिलाबारे गरेको पछिल्लो टिप्पणीलाई लिएर उनलाई चेतावनी समेत दिइएको बताइन्छ ।
तर, उनले अधिक मदिरा पीउने भन्दै आफ्नाबारे आएका समाचारलाई बदनामी अभियानको सज्ञा दिएका छन् । हेगसेथले आफ्नो प्रारम्भिक वक्तव्य दिनै लाग्दा कयौ पटक सुनुवाई रोकिएको थियो भने प्रहरीले प्रदर्शनकारीलाई समितिको कक्षबाट हटाउनु परेको थियो ।
उनको मनोनयनलाई कमजोर पार्न मुख्य गरेर योग्यता, अनुभव र आचरणलाई केन्द्रविन्दुमा राखेर सुनुवाई गरिएको र यी सबैलाई खारेज गरेर ट्रम्पको नामाकंनलाई सदर गरिने बताइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण