अपहरण गरी फिरौती माग्ने भारतीय पक्राउ
बुधबार, ०२ माघ २०८१, १२ : ४५
काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।
कोइरीले गत वैशाख ९ गते रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगेका थिए । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो ।
कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण