गाजामा युद्धविराम सम्झौताको मस्यौदालाई हमासले दियो मञ्जुरी
कायरो । गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको मस्यौदा हमासले स्वीकार गरेको छ । यो वार्तामा संलग्न दुई अधिकारीहरूले बताएको भन्दै एसोसिएटेट प्रेस (एपी)ले समाचार छापेको छ ।
सम्झौतामा दर्जनौँ बन्दी रिहा गर्ने बुँदा पनि छ । वार्तामा अमेरिका र कतारका मध्यस्थकर्ताहरूले बताएअनुसार इजरायल र प्यालेष्टिनी सशस्त्र समूह हमास वार्तालाई अन्तिम रूप दिने संघारमा छन् ।
योसँगै विगत १५ महिनादेखि गाजामा हमास र इजरायलबिच चलिरहेको युद्ध अन्त्यको निकट आइपुगेको छ । आफूले प्रस्तावित सम्झौताको एक प्रतिलिपि पाएको एपीले भनेको छ । आफूले पाएको प्रतिलिपि सक्कली भएको इजिप्ट र हमासका अधिकारीहरूले पुष्टि गरेको पनि उसले बताएको छ ।
वार्तामा प्रगति भइरहेको तर बुँदाहरूलाई अन्तिम रूप दिने काम भइरहेको एक इजरायली अधिकारीले भनेका छन् । गाजामा युद्धविराम हुन्छ भन्ने विश्वास आफूले गरेको मङ्गलवार अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भनेका थिए ।
युद्धविराम हुने नहुने कुरा हमासमाथि निर्भर हुने उनको भनाइ थियो । युद्धविराम सम्झौता यस अघि कहिले नदेखिएको निकटमा पुगेको र यो केही घण्टा वा दिनभित्रै हुन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण