लुम्बिनी प्रदेशमा माघी मिलन कार्यक्रम

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरेको हो ।
थारु, मगर, नेवारलगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले भव्य रूपमा माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरूको प्रवर्द्धन गरिएको छ । ढिक्री, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरू समेत पस्किएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिको संरक्षण सँगै त्यसलाई आय आर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए । उनले माघे सङ्क्रान्ति तथा माघ साझा पर्व भएको उल्लेख गर्दै प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको बताए ।
सभामुख तुलाराम घर्ती मगरले माघी साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्