लुम्बिनी प्रदेशमा माघी मिलन कार्यक्रम
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरेको हो ।
थारु, मगर, नेवारलगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रदेश सरकारले भव्य रूपमा माघी मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरूको प्रवर्द्धन गरिएको छ । ढिक्री, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरू समेत पस्किएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिको संरक्षण सँगै त्यसलाई आय आर्जनसँग जोड्ने गरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए । उनले माघे सङ्क्रान्ति तथा माघ साझा पर्व भएको उल्लेख गर्दै प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको बताए ।
सभामुख तुलाराम घर्ती मगरले माघी साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण