प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइबल ब्यूरो, भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
पर्सा जिल्ला, पोखरिया नगरपालिका–२ निवासी चन्दनकुमार मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा ९९ हजार रुपैयाँ बिगो मागदाबीसहितको मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन प्रहरी निरीक्षक सुवेदीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा मिश्रले अनुसन्धान अधिकृतलाई सहयोग गरेकै कारण प्रतिवादी नबनाएर उनलाई सरकारी साक्षीका रुपमा पेस गरिएको थियो ।
तर विशेष अदालत काठमाडौँमा बकपत्र गर्दा मिश्रले अनुसन्धान अधिकृतसँग दिएको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । मिश्रले तत्कालीन प्रहरी निरीक्षक सुवेदीलाई साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन ९९ हजार रुपैयाँ घुस दिएको आयोगको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण