देउवाले लिए मन्त्रालयको ब्रिफिङ, अध्यादेशबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेको छ ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमार्फत भएर गरेका कामको ब्रिफिङ गर्ने क्रम जारी रहेको छ । ११ बजेसम्म ३ वटा मन्त्रालयको ब्रिफिङ सकिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
बैठकमा सभापति देउवासहित शीर्ष नेताले सरकारका काम कारबाही थप प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएका छन् ।
‘नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयका बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । अब के–के काम गर्ने, कसरी प्रभावकारी रूपमा अगाडि जाने भन्नेमा छलफल केन्द्रित छ’, चौधरीले भने, ‘त्यसकारण गठबन्धनको २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई दिनुपर्ने सेवा दिनुपर्छ भनेर भन्नुभयो’, मन्त्री चौधरीले भने ।
उनका अनुसार बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका बारेमा महामन्त्री गगन थापाले जानकारी गराएका छन् ।
नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री सङ्घीय सरकारमा सहभागी छन् । ब्रिफिङका क्रममा मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकिएको स्वीकार समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण