निर्माण व्यवसायीहरूले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापनपत्र
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरूका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरूले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताए ।
उनले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षहरूलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने बताए । उनले व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौँको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताए ।
यसअघि महासंघ बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरू पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने बताएको थियो । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौँ उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिए ।
उनले त्यसपछि पनि सरकारले व्यवसायीहरूका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण