गायिका मेलिना राईले गरिन् विवाह
शुक्रबार, ०४ माघ २०८१, १९ : १५
काठमाडौँ । चर्चित गायिका मेलिना राईले शुक्रबार विवाह गरेकी छन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गरेकी हुन् ।
उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको छ ।
विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए । विवाहस्थल प्रवेश गेट मेलिना र ध्रुवको नाम लेखेर फूलैफूलले सजाइएको थियो ।
मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् ।
इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
विवाहको तयारी केही सातादेखि सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण